श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘क्युआर कोड’बाट सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गर्न सुरु

प्रतिक्रिया दिने सेवाग्राहीको विवरण कार्यालयले गोप्य राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गर्न सुरु गरिएको हो ।

“सेवाग्राहीको सन्तुष्टिको आधार थाहा पाउनदेखि सेवा प्रवाह सुधारको लागि राय सङ्कलन गर्न ‘क्युआर कोड’को उपयोग गरेर प्रश्नावली र खुला दुवै विधिबाट राय सङ्कलन गर्न सुरु गरेका छौँ”, उहाँ भन्नुभयो, “कागजमा लेखेर गुनासो पेटिकामा प्रतिक्रिया दिन झन्झटिलो भएको पाइएसँगै मोबाइलबाट नै प्रतिक्रिया दिन सकिने प्रविधि प्रयोगमा ल्याएका छौँ ।”

प्रशासन कार्यालयले सेवाग्राहीको प्रतिक्रिया सङ्कलनको लागि कार्यालय परिसरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । इन्टरनेटको माध्यमबाट कार्यालयका सबै शाखा तथा सूचना बोर्डमा टाँस गरिएका क्युआर कोड स्क्यान गरेपश्चात् देखिने प्रश्नावलीको छनोट र त्यसमा थप व्याख्यासहितको आफ्ना सुझाव राख्न सकिने गरेर सेवा सञ्चालनमा ल्याइएको प्रजिअ अधिकारीको भनाइ छ ।

“सरकारी सेवा प्रवाहको अवस्था थाहा पाउन यसअघि प्रयोगमा ल्याइएको गुनासो पेटिकामा नागरिकका प्रतिक्रिया कम पर्ने तर, सामाजिक सञ्जालका उपयोगबाट प्रतिक्रिया जनाउनेको सङ्ख्या धेरै हुन थालेसँगै प्रशासनले प्रविधिको उपयोगलाई प्रयोगमा ल्याएको हो”, उहाँले भन्नुभयो, “कार्यालयले दिने सेवा, त्यसको गुणस्तर, कर्मचारीको ब्यवहार, आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयलाई ‘क्युआर कोड’ स्क्यानपश्चात् आउने प्रश्नावलीबाट प्रतिक्रिया जनाउन सकिने छ ।”

अनलाइन माध्यमबाट गरिने गुनासोकर्ताको विवरण गुनासो सम्बोधन अधिकारीबाहेकलाई थाहा नहुने गरेर गोप्य हुने प्रबन्ध मिलाइएकाले निर्धक्क भएर प्रतिक्रिया दिन सहायक प्रजिअ तुलसीराम पौडेलले आग्रह गर्नुभयो । उहाँको अनुसार प्रतिक्रिया दिने सेवाग्राहीको विवरण कार्यालयले गोप्य राख्नेछ भने प्राप्त गुनासोको सम्बोधनपश्चात् सम्बन्धित पक्षलाई त्यसको जानकारी दिइने छ ।

हाल परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको प्रतिक्रिया सङ्कलन माध्यमलाई समयअनुसार संशोधन र प्राप्त प्रतिक्रियाको आधारमा सेवा प्रवाहलाई सुधार गर्दै जिल्लाभरका कार्यालयमा विस्तार गर्ने प्रशासनको योजना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार