श्रावण ५, २०८२ सोमबार July 21, 2025

बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्द हुन सक्ने

पूरक सम्झौता रद्द भएमा वृहस्पति विद्या सदनले नियमविपरीत लिजमा दिएको राई स्कुलसमेत संकटमा पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बालमन्दिरका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रभावमा पारी वृहस्पति विद्या सदनले ५२ वर्षसम्म गरेको पूरक सम्झौता रद्द हुने देखिएको छ। सो सम्झौता रद्द हुनासाथ वृहस्पतिले जग्गा लिजमा लिनेसम्बन्धी नयाँ प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ।

नयाँ प्रक्रिया थालिए वृहस्पतिले ती जग्गाहरू पुनः लिजमा नपाउन पनि सक्छ । जसका कारण वृहस्पतिले त्यहाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिन हुने र सयौं विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्न सक्ने बताइएको छ।

बालमन्दिरका तत्कालीन पदाधिकारीहरूले विभिन्न प्रभावमा परी विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति विद्या सदनलाई बालमन्दिरको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा ५२ वर्षसम्म लिजमा दिने गरी सम्झौता गरेका थिए।

२०७२ सालमा पूरक सम्झौताका नाममा ५२ वर्षसम्म जग्गा लिजमा दिँदा बालमन्दिर र वृहस्पति विद्या सदनका अधिकारीहरूबीच ठूलो अनियमितता र आर्थिक लेनदेन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सम्झौता रद्द गर्ने गरी छानबिन र कारबाही अघि बढाएको स्रोतले जानकारी दिएको छ।

अख्तियारका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने– ‘एउटै संस्थालाई बालमन्दिरको जग्गा ५२ वर्षसम्म लिजमा दिँदा ठूलो अनियमितता भएको पाइएको छ, त्यसैले अब सो सम्झौता रद्द हुने गरी कारबाही र छानबिन अघि बढाएका छौं। ’

स्रोतका अनुसार बालसंगठनकी तत्कालीन अध्यक्ष रिता सिंहलगायतका पदाधिकारीहरूले व्यापारिक घराना विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति विद्या सदनलाई २०७२ सालमा पूरक सम्झौताका नाममा बालमन्दिरको २८ रोपनी ५ आना जग्गा विसं २१३२ सम्मका लागि प्रयोग गर्न दिनेगरी सम्झौता गरेका थिए।

त्यसरी बालसंगठनले हचुवाका आधारमा वृहस्पति विद्या सदनलाई ५२ वर्षसम्म जग्गा प्रयोग गर्न दिँदा ठूलो चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले यस विषयमा विस्तृत अनुसन्धान गर्दै आइरहेको हो। अख्तियारले तत्कालीन बालसंगठनका अधिकांश पदाधिकारीसँग बयान लिइसकेको र केहीसँग बयान लिन बाँकी रहेको बताइएको छ।

स्रोतका अनुसार लामो समयसम्म बालमन्दिरको नेतृत्वमा रहनुभएकी रिता सिंहकै पालामा बालमन्दिरको जग्गाको व्यापक दुरुपयोग हुँदै आएको थियो । उनीहरूले आफ्नो स्वार्थका लागि अनाथ बालबालिकाहरूलाई आश्रय दिने महत्वपूर्ण भूमिकामा रहेको बालमन्दिरलाई नै कन्तबिजोग अवस्थामा पुर्‍याएको हालका पदाधिकारीको भनाइ छ।

बालमन्दिरको कन्तबिजोग भए पनि बाल संगठनका तत्कालीन पदाधिकारीहरूलाई रिजाएर वृहस्पति विद्या सदनको नाममा अनियमित किसिमले जग्गा हत्याउने काम गर्दै आइरहेको व्यापारिक घराना विशाल ग्रुपको हाल त्यहाँ हालीमुहाली चल्दै आइरहेको छ।

उनीहरूले सो ठाउँमा ठूला ठूला भवनहरू बनाएर विद्यालय सञ्चालन गर्दै आइरहेका छन्। बालसंगठनको जग्गा ५२ वर्षसम्म हत्याउने वृहस्पति विद्या सदन र विशाल ग्रुपकै पदाधिकारीसँग पनि अख्तियारले बयान लिनुपर्ने र कारबाही गर्नुपर्ने बालसंगठनका हालका पदाधिकारीको माग छ।

अझै वृहस्पति विद्या सदनले अर्को पनि बद्मासी गरेको छ । बाल संगठनसँग आफूले लिजमा लिएको जग्गा सबलिजमा अर्को स्कुललाई दिइएको छ। पूरक सम्झौता रद्द भएमा वृहस्पति विद्या सदनले नियमविपरीत लिजमा दिएको राई स्कुलसमेत संकटमा पर्ने देखिएको छ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार