वैशाख १६, २०८१ आइतबार April 28, 2024

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षले लिए राष्ट्रपतिसमक्ष शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलागायतका उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय सभाको अध्यक्षका लागि मङ्गलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ थियो । दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया