वैशाख २९, २०८१ शनिबार May 11, 2024

रन्जितासँग सहमतिपछि रेशम भन्छन्-लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं

सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि दुवै प्रदेसका सरकार धरापमा पर्ने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।

रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ ।

रेशमले पहिलो पोष्टमा भनेका छन्- ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।’ त्यसपछिको पोष्टमा उनले ‘हामी छिट्टै लुम्बिनी र सुदुर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं’ लेखेका छन् ।

रेशमको यो पोष्टले भर्खरै मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए पछि दुवै प्रदेसका सरकार धरापमा पर्ने देखिएको छ ।

यस बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको नाउपाका नेताहरुले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरुले बताएका छन् ।

नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आचार्य समाजका ६ केन्द्रीय समिति भए एकीकृत, बाबुराम आचार्य बने राष्ट्रिय अध्यक्ष
२०८१ वैशाख २९, शनिबार
रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित
२०८१ वैशाख २९, शनिबार
मोबाइलमा अज्ञात नम्बरबाट मेसेज आउँदा अब पठाउने व्यक्तिको नाम देखिने
२०८१ वैशाख २९, शनिबार
नेकपा एसको स्थायी कमिटी बैठक आजबाट शुरु : राजनीतिक प्रतिवेदनको मस्यौदा पेश
२०८१ वैशाख २९, शनिबार
अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको ज्यान गयो
२०८१ वैशाख २९, शनिबार
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
२०८१ वैशाख २९, शनिबार
देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल
२०८१ वैशाख २९, शनिबार