भाद्र ६, २०८३ शनिबार August 22, 2026

मोबाइलमा अज्ञात नम्बरबाट मेसेज आउँदा अब पठाउने व्यक्तिको नाम देखिने

अज्ञात व्यक्तिहरूको नाम गुगल मेसेजले नोटिफिकेसनमा देखाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : अब तपाईंलाई सम्पर्क गर्ने अज्ञात व्यक्तिहरूको नाम गुगल मेसेजले नोटिफिकेसनमा देखाउने भएको छ । तपाईंले सेभ नगरेका नम्बरबाट मेसेज आए गुगल मेसेजले उक्त व्यक्तिबारे जानकारी दिने भएको हो ।

यो फिचर उपलब्ध भइसकेपछि एपको नोटिफिकेसनमै मेसेज पठाउने त्यस्ता व्यक्तिको नाम पनि देखिने छ । अहिले गुगलले एपको बेटा भर्सनमा यो फिचरको परीक्षण गरिरहेको छ । तर यस फिचरले काम गर्न मेसेज पठाउने व्यक्तिले प्रोफाइल डिस्कभरी भने अन गरेको हुनु पर्नेछ ।

प्रोफाइल डिस्कभरी अन गर्न तपाईंले वेबमार्फत आफ्नो गुगल अकाउन्टमा जानुपर्ने हुन्छ । अथवा मेसेज सेटिङभित्र रहेको फ्रोफाइल डिस्कभरीमा सिधै जान सक्नुहुन्छ । तर गुगलले अहिले याे फिचरमा काम गरिरहेकाले कतिपयमा यो विकल्प नदेखिन सक्छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार