असोज १३, २०८३ मंगलबार September 29, 2026

अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

छलफलका क्रममा समेत धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ असोजः प्रेस काउन्सिल नेपालका अध्यक्ष र कर्मचारीमाथि दुर्व्यवहार भएको छ । काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्षलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो ।

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा आज दिउँसो काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल भइरहेको समयमा महासङ्घ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेका प्रेस काउन्सिलका सदस्य नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

छलफलका क्रममा समेत धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने भन्दै काउन्सिलले पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने स्पष्ट पारेको छ । साथै संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहार गर्न पनि काउन्सिलले सचेत गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार