असोज १३, २०८३ मंगलबार September 29, 2026

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

सोलार प्रणाली सञ्चालनमा आएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि वैकल्पिक ऊर्जा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध भएपछि टिमुरेमा दूरसञ्चार सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि विद्युत् आपूर्ति अवरुद्ध हुँदा टिमुरेको टेलिफोन टावर डिजेल जेनेरेटरबाट सञ्चालन गरिएको थियो । टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।

नेपाल टेलिकमका अनुसार टिमुरे–खैदी क्षेत्रमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरिएको हो ।

सोलार प्रणाली जडानसँगै विद्युत् सेवा उपलब्ध नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सञ्चालन गर्न सहज भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार तथा सेवा प्रभावित भएका थिए । टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि दूरसञ्चार सेवा सञ्चालनका लागि जेनेरेटरमा निर्भर हुनुपरेको थियो ।

सोलार प्रणाली सञ्चालनमा आएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि वैकल्पिक ऊर्जा उपलब्ध भएको छ । यसबाट स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार