जेठ ७, २०८१ सोमबार May 20, 2024

लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो- काँग्रेस

सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ ।

संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले भने, सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ । त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ । त्यस विषयमा स्वतन्त्र छानबिनको पुन: माग गरेका छौँ ।’

उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको बताए ।

उनले छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट गरे ।

साथै उनले संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया