चैत्र १३, २०८१ बुधबार March 26, 2025

सुदूरपश्चिममा गर्मीले जनजीवन कष्टकर

गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम। पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भएको छ।

धनगढीको अधिकतम तापक्रम ४२ डिग्रिसेल्सियस पुगेको छ। गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिका बढी प्रभवित भएका छन्। गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको छ।

‘गर्मी बढेसँगै दिनमा १०/१२ पटक विद्युत् आउनेजाने भइरहेको छ, विद्युत् गएपछि पङ्खा चलाउन नपाउँदा झन् गाह्रो हुन्छ’, धनगढीका स्थानीय भूमिराज अवस्थीले भने। गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पतालका डा प्रदीप मिश्रले जानकारी दिए।

मध्याह्नमा तातो हावा चल्ने गरेकाले यसबाट बालबालिकालाई जोगाउन र झोलिलो खानेकुरा खुवाएर शरीरमा तरल पदार्थको मात्रा बढाउन डा मिश्रले सल्लाह दिए। मौसमअनुसार सागपात र फलफूल सेवन गर्ने, सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखान पनि चिकित्सकको सुझाव छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया