जेठ ७, २०८१ सोमबार May 20, 2024

एकीकृत समाजवादीले तत्काल सरकार छोड्ने सम्भावना छैन : उपाध्यक्ष पाण्डे

एउटा घरको छानाबाट अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले तत्काल सरकार नछोड्ने बताएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेटको विषयमा ध्यानाकर्षण गराएर बाहिरिने क्रममा प्रतिक्रिया दिदै एकीकृत समाजवादीले तत्काल सरकार नछोड्ने बताएका हुन् ।

उनले भने, ‘तत्काल हामीले सरकार छाड्ने सम्भावना छैन । एउटा घरको छानाबाट अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो। त्यसैले अहिले तत्काल सम्भावना छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया