कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सरकार र आरती साहको परिवारबीच सहमति

दाइजोको निहुँमा आरती साहको हत्या भएको परिवारको दाबी, आन्दोनका सबै कार्यक्रम फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकार र आरती साहको परिवारबीच सहमति भएको छ। आरती साहको न्याय माग गर्दै उनका परिवार महिनौँदेखि काठमाडौँमा धर्ना दिँदै आएका थिए। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा मंगलबार राति गृह मन्त्रालयमै सहमति जुटेको हो।

दाइजोको निहुँमा आरती साहको हत्या भएको परिवारको दाबी छ । प्रहरी प्रशासन र अदालत दुवैले आफूहरूलाई न्याय नदिएको भन्दै उनीहरु काठमाडौँ आएका थिए। सहमति जुटेसँगै आरतीका परिवारले आन्दोलन फिर्ता लिएका छन्।

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक स्थित आफ्नै घरमा गत जेठ ७ गते आरती साह मृत अवस्थामा भेटिएकी थिइन्।

जनकपुरधाम स्थित काव्या अस्पतालमा पुर्‍याएपछि ससुराली परिवारले आरतीले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो।

आरतीको मृत्यु हुनु भन्दा दुई वर्षअघि धनुषाका मोतीबाबु साहसँग उनको विवाह भएको थियो। माइती पक्षको दाबी अनुसार विवाहमा दाइजोसहित उनीहरुलाई २५ लाख रुपैयाँ दिइएको थियो। तर, मृत्यु हुनुअघि ससुराली पक्ष दाइजो कम भएको भन्दै आरतीलाई घरमा यातना दिइने गरेको माइती पक्षको आरोप थियो।

यो मुद्दामा प्रहरीले श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

जिल्ला अदालतले उनीहरुलाई गत असार ५ मा पुर्पक्षका लागि थुनामा पठायो। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा भन्दै दुवै जनालाई थुनामा राख्न आवश्यक नदेखिएको आदेश गरेको थियो। पछि सर्वोच्च अदालतले उच्चको आदेश उल्ट्याउँदै फेरि थुनामा पठाउने आदेश गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार