कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन बालुवाटार पुगे चिनिया राजदुत

आगामी बैशाखमा हुने लगानी सम्मेलनमा चीनबाट उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुने राजदुत सोङ्को बचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सदनमा तेस्रोपटक विश्वासको मत लिएको भोलिपल्ट आज (बिहीबार) चिनियाँ राजदूत सोङ्ले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

चिनिया राजदुत र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता « khabarbook.com

सो भेटमा उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिएकोमा बधाई दिनुको साथै दुई देशबीचको सहकार्यलाई बढावा दिने बताएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै, नेपालमा आगामी बैशाखमा हुने लगानी सम्मेलनमा चीनबाट उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुनेपनि उनले विश्वास दिलाएका थिए ।

काठमाडौंमा चक्रपथको स्तरोन्नतीको लागि द्रुत गतिमा काम गर्नेगरि तयारी थालिएको राजदूतको भनाई थियो । यस्तै, नेपाल र चीनबीच अहिले चार वटामात्रै व्यापारिक नाका सञ्चालनमा आएकोमा छिट्टै थप ७ वटा नाका सञ्चालनमा ल्याउन राजदूतले प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको विदेश मामिला सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार