काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले आज शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।
बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिने तयारी भएको छ । सुन तस्करी प्रकरणमा आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा लगायत उच्च सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया