असार २९, २०८२ आइतबार July 13, 2025

गोर्खा भर्ती केन्द्र खारेज गर्न विप्लवको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गोर्खा भर्ती केन्द्र खारेज गर्न माग गरेको छ । नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य उचित र स्वीकार्य नभएको बिप्लब समूहको ठहर छ ।

गोर्खा भर्ती कार्य कार्य असंलग्न राष्ट्रहरुले अबलम्बन गरेको सिद्धान्तविरुद्ध भएको समेत भएको भन्दै शनिबार उक्त समूहले शनिवार विज्ञप्ती समेत जारी गरेको छ ।

विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन्, ‘दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।’ गोर्खा भर्ती देशका लागि लज्जजनक रहेको भन्दै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न समेत उनले माग गरेका छन्।

उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् । साथै नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार