काठमाडौं, चैत्र ३ गते । राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुग्नुभएको छ । राष्ट्रपति पौडेलले महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
पिपरा गाउँपालिका स्थित स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहनु हुने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया