असार ३०, २०८२ सोमबार July 14, 2025

सरकारविरुद्ध युवाहरु बेसार दलेर सडकमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राजधानी काठमाण्डाैंको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले बेसार दलेर तथा सडकमा सुतेर प्रतीकात्मक रूपमा सरकारकाे विरोध गरेका छन् ।

शनिबार बिहान राष्ट्रिय झण्डासहित स्वतस्फूर्त रुपमा उत्रिएका युवाहरूले प्लेकार्डसहित सडकमा सुतेरै प्रदर्शन गरेका हुन् । कोरोना संक्रमित बढ्दै जाँदा प्रधानमन्त्रीको अपरिपक्व अभिव्यक्तिले आक्रान्त बनेका युवा बेसार दलेरै सडकमा उत्रीएका छन् ।

पछिल्लो राजनितिक घटनाक्रमले आम जनतामा आक्राेश थपिदिएकाे छ भने सरकारका गैरजिम्मेवार कार्य र अपारदर्शिताले गम्भीर प्रश्न उठाएकाे छ । यसैकाे फलस्वरूप केही सातादेखि युवाहरू राजधानीमा दैनिक रूपमा विराेध प्रदर्शनमा उत्रिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया