श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘ब्रेक सु’को सुनले प्रहरीलाई ‘ब्याकफायर’

जाँचबुझ आयोगले प्रहरीले बदनियत राखेर अनुसन्धान गरेको प्रतिवेदन दिएपछि सिंगो प्रहरी संगठनकै छविमा दाग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘ब्रेक सु’मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानले प्रहरीलाई ‘ब्याकफायर’ भएको छ । राजस्व अनुसन्धान विभागको क्षमता र निष्पक्षतामाथि प्रश्न उठेपछि सरकारले प्रहरीलाई यसको अनुसन्धान जिम्मा लगाएको थियो । तर, सरकारले गठन गरेको जाँचबुझ आयोगले प्रहरीले बद्नियत राखेर अनुसन्धान गरेको प्रतिवेदन दिएपछि सिंगो प्रहरी संगठनकै छविमा दाग लागेको छ भने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी कारबाहीमा परेका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले अनुसन्धानमा आबद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकारीले अनुसन्धानमा निष्पक्षता नदेखाएको ठहर गरेको हो । जसअनुसार गृह मन्त्रालयले बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही प्रक्रिया अघि बढाएको छ । जसले प्रहरी संगठन तरंगित बनेको छ ।

हचुवाकै भरमा प्रहरीमाथि कारबाही सिफारिस भएको र यस्तो प्रवृत्तिले भोलिका दिनमा अनुसन्धान अधिकृतहरूले कामै गर्न नसक्ने कतिपय प्रहरी अधिकारीको चिन्ता छ । गृह मन्त्रालयका अधिकारी भने जाँचबुझ आयोगले नै गल्ती देखाएको र गलत गर्नेहरू तत्कालै कारबाहीमा पर्ने सन्देश दिन प्रतिवेदनमा भएको सिफारिसअनुसार ‘एक्सन’ लिएको जनाएको छ ।

नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी सुनसम्बन्धी जाँचबुझ आयोगले अनुमानका आधारमा कसैलाई कारबाही सिफारिस गर्न नहुने बताउँछन् । ‘यो घटनाले अहिले प्रहरीमा ह्याभोक सिर्जना भयो । जाँचबुझ आयोगले तथ्यगत प्रमाणका आधारमा मात्र कुनै सिफारिस गर्नुपर्छ । अभियुक्तले विनाप्रमाण आरोप लगाइदिएकै आधारमा कारबाही सिफारिस गर्दा भोलिका दिनमा अनुसन्धान अधिकृतले काम गर्न सक्दैनन्,’ उनले भने । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार