कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

एक साताभित्र दुग्ध किसानको हातमा रकम पुग्छः कृषिमन्त्री साह

सरकारले विभिन्न कार्यक्रम संचालन गरि सहज रुपमा दुध बिक्रिको व्यवस्था गरिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कृषिमन्त्री ज्वालाकुमारी साहले दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुने बताएकी छन्।

सोमबार काठमाडौंमा आयोजित दुधपान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले निजी क्षेत्रबाट किसानहरुलाई चार अर्ब र डीडीसीबाट दुई अर्ब भूक्तानी गर्न बाँकी रहेको देखिएकाले डीडीसीका तर्फबाट ऋण स्वरुप ३० करोड निकासा गर्न स्वीकृत भइसकेको जानकारी दिइन्।

उक्त रकम एक हप्ताभित्र किसानको हातमा पुग्ने उनले दाबी गरिन्। उनले पशु बिमा कम्पनीलाई सञ्चालन गर्न ४८ करोड रुपैया स्वीकृत प्रदान गरिसकेको जानकारी दिइन्। मन्त्री साहले दुध उत्पादन गरे अनुसार बिक्रिको समस्या देखिएको भन्दै सरकारले विभिन्न कार्यक्रम संचालन गरि सहज रुपमा दुध बिक्रिको व्यवस्था गरिने बताइन्।

उनले विद्यालय दिवा खाजा कार्यक्रममा कम्तीमा एक गिलास दुध अनिवार्य रुपमा दिनुपर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताइन्। नेपाल डेरी एसोसिएसनको आयोजना र दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौंको प्रोलिफिक माविमा दुधपान कार्यक्रम आयोजना गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार