पुष २३, २०८२ बुधबार January 7, 2026

नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण

एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण भएको हो ।

अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गाउँहरूको नियमित लुटपाट र फिरौतीका लागि ठूलो मात्रामा अपहरण गर्ने डाकाहरूले उत्तरपश्चिम र उत्तर–मध्य नाइजेरियालाई अशान्त बनाएका छन् । यसबाट करिब १० लाख मानिस विस्थापित भएका छन् ।

दैनिक जस्तो हुने आक्रमणलाई रोक्न अधिकारीहरू असमर्थ देखिएकाले राष्ट्रपति बोला अहमद टिनुबमाथि व्यापक दबाब परेको छ । कदुना प्रहरी प्रवक्ता मन्सुर हसनले कजुरु घटना आइतबार राति भएको बताउनुभयो । उहाँले अपहृत गाउँलेहरूलाई उद्धार गर्ने प्रयासमा सुरक्षा बललाई परिचालन गरिएको जानकारी दिनुभयो ।

सेनाको पोसाक लगाएका सशस्त्र हमलाकारीहरूले केही दूरीमा आफ्ना मोटरसाइकलहरू पार्क गरेर गाउँमा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँका प्रमुख तान्को सरकिनले ८७ जनालाई जबर्जस्ती बन्दी बनाइएको पुष्टि गर्नुभयो ।

अर्का बासिन्दा अरुवा याउले पक्राउ परेको र पछि आफ्नो कमजोर स्वास्थ्यका कारण रिहा गरेको दर्दनाक अनुभव सुनाउनुभयो । उहाँले स्थानीय सरकारी क्लिनिकमा उपचारको माग गर्नुभयो । अल जजिराका अनुसार श्रीमती र दुई छोरी रहेका हारुना अतिकुले डाकाहरूले अचानक गरेको आक्रमणको वर्णन गर्दै उनीहरूले खुलेआम हिंसा गरेको बताउनुभयो ।

अधिकारीहरूका अनुसार उक्त घटनाको केही दिनअघि मात्र १० किलोमिटर टाढा डोगोन नोमा क्षेत्रमा १६ व्यक्तिको अपहरण गरिएको थियो । मार्च ७ मा कजुरुदेखि करिब एक सय ५० किलोमिट टाढा कुरिगा गाउँको एक विद्यालयबाट दुई सय ५० भन्दा धरै विद्यार्थीको ठूलो मात्रामा अपहरणपछि उक्त अपहरण भएको हो ।

सुरुमा बोको हरामसँग सम्बन्धित विद्यालय अपहरण ठूलो फिरौतीको माग गर्ने आपराधिक गिरोहहरूको मनपर्ने रणनीति बनेको छ । अपहरणकर्ताहरूलाई फिरौती दिन रोक लगाउने सन् २०२२ को कानूनका बावजुद कुराकानीले प्राय बन्धकहरू रिहा हुने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार
घट्यो कोरलाबाट आयात–निर्यात, बेँसी झरे भरिया
२०८२ पुष २३, बुधबार
पूर्वपश्चिम राजमार्गका १२ वटा पुल मर्मत गरिँदै
२०८२ पुष २३, बुधबार
साहित्यिक पर्यटनको गन्तव्य बन्दै आदिकविको जन्मथलो, एक अर्ब बजेट अनुमान
२०८२ पुष २३, बुधबार
च्यूरीडाँडा माविमा सबै विद्यार्थीलाई विद्यालय पोशाक र ब्याग वितरण
२०८२ पुष २३, बुधबार
टी-२० विश्वकप : भारतमा नखेल्ने अडानमा बंगलादेश, नेपालसँगको खेल रद्द भए २ अंक सुनिश्चित
२०८२ पुष २३, बुधबार
आज कति छ तरकारी तथा फलफूलको मूल्य ? सूची हेर्नुहोस्
२०८२ पुष २३, बुधबार