वैशाख ५, २०८१ बुधबार April 17, 2024

सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्री लामिछानेको निर्देशन

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपरी नागरिकले सुखद् अनुभूति गर्ने गरी ढुक्क भएर काम गर्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका कर्मचारीहरूलाई आज मन्त्रालयमा गृहमन्त्री लामिछानेले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्न पनि आग्रह गर्नुभयो ।

सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपरी नागरिकले सुखद् अनुभूति गर्ने गरी ढुक्क भएर काम गर्न अनुरोध गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार