माघ ५, २०८१ शनिबार January 18, 2025

विकास निर्माणका काममा ढिलासुस्ती हुँदैन : उपप्रधानमन्त्री महासेठ

कानुन विपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकास निर्माणका काममा ढिलासुस्ती नहुने बताउनुभएको छ ।

नेपालगञ्जमा आज नेकपा एमालेका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उपप्रधानमन्त्री महासेठले निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोडेर कारबाही गरिने बताउनुभयो । सरकारले आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उहाँले काममा आलटाल गर्ने छुट कसैलाई नदिइने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री महासेठले आजै मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखलाई नेपालगञ्जमा निर्देशन दिँदै कानुन विपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न निर्देशन दिनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित मन्त्रालय मातहतका विभिन्न आयोजना र कार्यालयका प्रमुखहरूको सहभागिता रहेको ‘मर्मत सम्भार’ सम्बन्धि वार्षिक गोष्ठीलाई सम्बोधन गर्दै महासेठले निर्धक्कसँग काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया