श्रावण १२, २०८१ शनिबार July 27, 2024

बैदेशिक रोजगारिमा जानेहरुले अबदेखि एक घण्टामै श्रम स्वीकृती पाउने

वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बैदेशिक रोजगारिमा जानेहरुले अबदेखि एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आगामी शुक्रवारदेखि एक घण्टामैश्रम स्वीकृत दिने भएको छ । यसअघि श्रम स्वीकृत लिन छिटोमा तीन दिनदेखि एक साता समय लाग्ने गरेको थियो ।

श्रम स्वीकृत दिने कार्यलाई छिटो र छरितो बनाउन सरकारले शुक्रवारदेखि यो व्यवस्था लागू गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले बताउनुभयो ।

मन्त्री अर्यालले श्रम स्वीकृत लिन वैदेशिक रोजगार विभागमा ठुलो भ्रष्टाचार र ठगी भएका कारण त्यसलाई व्यवस्थित गर्न शुक्रवारदेखि वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली सुरु हुने बताउनु भयो ।

यसअघि एक छिनमा हुने काममा महिना दिन कुराउने काम भईरहेका करण यो सिस्टमले त्यस्ता विकृति छिटै हट्ने उहाको भनाई छ । अब देखि श्रम स्वीकृतका लिनका लागि वैदेशिक रोजगार विभागमा उपस्थित हुनु नपर्ने गरी अनलाइनमार्फत लिन सकिने व्यवस्था गर्न लागिएको हो । यद्यपी त्यसका लागि अहिलेको सिस्टमलाई थप व्यवस्थित गर्न थालिएको छ ।

विभागको तथ्याङ्कअनुसार हाल दैनिक करिब २ हजार कामदारले नयाँ तथा पुनः श्रम स्वीकृत लिने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार