श्रावण १२, २०८१ शनिबार July 27, 2024

आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्बको सिमेन्ट र क्लिङ्कर निर्यात

नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ८ गते । चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म २ अर्ब ४७ करोड १७ लाख रुपियाँको क्लिङ्कर तथा सिमेन्ट निर्यात गरेको हो ।

गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट एक खर्ब रुपियाँभन्दा बढीको कुल निर्यात भइरहेका बेला सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको हो ।

विभागका अनुसार आठ महिनाको अवधिमा १ अर्ब १८ करोड ८७ लाख रुपियाँको क्लिङ्कर र १ अर्ब २८ करोड ३९ लाख रुपियाँको सिमेन्ट निर्यात गरेको विभागले जनाएको छ । सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षको सुरुदेखि नै सिमेन्ट निर्यात बढ्दै गएको हो ।

सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको थियो । गत आर्थिक वर्षभरिमा ७७ करोड ९३ लाखको सिमेन्ट र क्लिङ्कर भारत निकासी भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिङ्कर निर्यात बढ्न थालेको हो ।

आन्तरिक बजारमा सिमेन्टको खपत बढ्न नसकेपछि उद्योगी व्यवसायीले भारत निर्यात गर्ने गरेको बताएका छन् । आर्थिक मन्दीका कारण विकास निर्माणको काम सुस्त हुँदा आन्तरिक बजारमा सिमेन्टको खपत बढ्न नसकेको व्यवसायीको भनाइ छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो । आन्तरिक बजारमा सिमेन्टको माग नहुँदा धेरै उद्योगले उत्पादन गर्न नसकी बन्द हुने अवस्थामा पुग्न थालेको उहाँको भनाइ छ ।

सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेका व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योग पूर्ण क्षमता सञ्चालन नहुने र बन्द हुन थालेपछि त्यसमा काम गर्नेको रोजगारीसमेत गुम्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार