मंग्सिर २३, २०८१ आइतबार December 8, 2024

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराउदै गाँउपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुग्लिन, (चितवन) ८ चैत : चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ ।

गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उहाँले बताउनुभयो । गाउँपालिकाले सातैै वडामा ६० क्वीन्टल मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया