कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

बजार समर्थक सुधारमार्फत आर्थिक वृद्धि गर्न चीनलाई आइएमएफको आग्रह

विश्वव्यापी आर्थिक सुधारका लागि चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले आइतबार सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गर्नुभएको छ ।

“उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु हो र चीन त्यसो गर्न कटिबद्ध छ”, बेइजिङमा आइतबार आयोजित चीन डेभलपमेन्ट फोरममा आइएमएफका प्रबन्ध निर्देशक जर्जिएभाले भन्नुभयो ।

बुल्गेरियाका अर्थशास्त्रीले यो रूपान्तरण सहज नभएको चेतावनी दिँदै बजार समर्थक सुधारको व्यापक प्याकेजका साथ चीन यथास्थितिभन्दा धेरै छिटो अगाडि बढ्न सक्ने कुरामा जोड दिनुभयो  ।

जर्जिएभाले चीनमा सञ्चालित विदेशी व्यापार समूहहरूको लामो समयदेखिको मागअनुसार व्यावसायिक वातावरणलाई सुदृढ बनाउने र निजी तथा राज्य–स्वामित्व भएका उद्यमहरूबीच समान अवसर सुनिश्चित गर्न चीनलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ली छियाङले आइतबारको फोरममा विश्वव्यापी आर्थिक सुधारका लागि चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्ने बताउनुभयो ।

चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर वर्षौँदेखि तल झर्दै आएको छ । बेइजिङले यस महिनादेखि करिब पाँच प्रतिशतको वार्षिक लक्ष्य राखेको छ । यो देशलाई छिटो समृद्धितर्फ लैजानका लागि आवश्यक वृद्धि दरभन्दा उल्लेखनीयरूपमा कम हो । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण
२०८३ कार्तिक २६, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी जेलमुक्त
२०८३ कार्तिक २६, बिहिबार
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार