वैशाख १५, २०८१ शनिबार April 27, 2024

सुन-चाँदीको मूल्यमा भारी गिरावट

चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो।

यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया