काठमाडाैं। हाल नेपालमा माथिल्लो वायुमण्डलमा सक्रिय रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावस्वरूप आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज रातिको समयमा पनि देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली कायम रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यसैबीच, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी तराईका भू-भाग, उपत्यका तथा नदीखोँचहरूमा बिहानको समयमा थोरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया