असार २९, २०८२ आइतबार July 13, 2025

“बेसारको उपयोगिताको चर्चा केही बुद्धिजीवीले मजाक उडाए, यसरी मजाक नउडाऊँ ।”:प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको भात भान्छामा प्रयोग हुने बेसार, अदुवाजस्ता औषधीय गुणका चिजहरूको मजाक उडाउन नपर्ने बताएका छन् ।

कोरोना भाइरससँग जुध्न बेसार उपयोगी हुने र यसले रोगप्रतिरोधी क्षमता बढाउने भन्दा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो । बेसारपानीलगायत घरेलु औषधिले कोरोना ठीक नहुने भन्दै चिकित्सकहरूले पनि प्रधानमन्त्रीले बुझेर सल्लाह दिनुपर्ने बताएका थिए । युवाहरूले बेसार दलेर प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतीकात्मक विरोध प्रदर्शन समेत गरेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ‘राष्ट्रिय योग अभ्यासक्रम’को विमोचन गर्दै बेसार, अदुवा, ज्वानो, मेथी, लसुन आदि भान्छामा प्रयोग हुने पदार्थमा औषधीय गुण हुने दोहोर्‍याएका हुन् ।

“नेपालीहरूका भान्छामा अनेक औषधीय तत्त्वको प्रयोग गर्ने क्रम हजारौं वर्षदेखिको उपयोग र अनुभवमा आधारित छ,” उनले भने, “बेसारको अदुवाको उपयोगिताको चर्चा केही बुद्धिजीवीले मजाक उडाए, यसरी मजाक नउडाऊँ ।”

आफ्नो भान्छामा के–के चिज प्रयोग हुन्छ, ती किन प्रयोग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेको चर्चा गर्दै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको बताएका छन ।

रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार