वैशाख १५, २०८१ शनिबार April 27, 2024

रास्वपाले मिलन लिम्बुलाई इलाम क्षेत्र नं २ को उम्मेदवार बनाउने

लिम्बूलाई अन्य उम्मेदवारहरुले समर्थन गर्ने सहमति अनुसार लिम्बुलाई उम्मेदवार बनाउन रास्वपा तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बुलाई इलाम क्षेत्र नं २ को उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि रास्वपाले विभिन्न व्यक्तिहरुलाई अघि सारेको थियो । ती मध्ये अन्य उम्मेदवारहरुले लिम्बूलाई अन्य उम्मेदवारहरुले समर्थन गर्ने सहमति अनुसार लिम्बुलाई उम्मेदवार बनाउन लागिएको हो ।

त्यस्तै नेकपा एमालेले सो क्षेत्रमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य दलले भने उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया