वैशाख १५, २०८१ शनिबार April 27, 2024

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा (पत्रसहित)

सत्तारुढ माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति कार्यान्वयन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

पछिल्लो समय सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर बीचमा राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने शीर्ष नेताहरूबीच सहमति भएको बताइएको छ ।

गठबन्धनमा एकीकृत समाजवादी सहभागी नहुँदै फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले ८ बुँदे सहमति सार्वजनिक गरेका थिए ।

त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका थिए । उक्त सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भए पनि फागुन २९ को सहमतिमा भने उक्त कुरा राखिएको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया