वैशाख १५, २०८१ शनिबार April 27, 2024

सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ३० हजार पुग्यो

सुनको भाउले नयाँ रेकर्ड कायम गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड आज तोडिएको छ । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइछ ।   महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।  अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया