कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मुङखेती विस्तार गर्न बीउमा अनुदान

मुङखेतीमा किसानको आकर्षण बढाउन यस वर्ष ५७ किसानलाई मुङबीउमा अनुदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोदावरी (कैलाली), १८ चैत : धनगढी उपमहानगरपालिकाले मुङखेती विस्तार गर्न किसानलाई बीउमा अनुदान दिएको छ । मुङको बीउमा अनुदान दिएर उत्पादन बढाउने उद्देश्यले किसानलाई मुङको बीउमा अनुदान दिइएको हो ।

गत वर्ष बीउमा शतप्रतिशत अनुदान दिएको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदान दिएको कृषि शाखाले जनाएको छ । मुङखेतीमा किसानको आकर्षण बढाउन यस वर्ष ५७ किसानलाई मुङबीउमा अनुदान दिइएको उपमहानगरले जनाएको छ ।

आलु, तोरी र अन्य हिउँदे बाली लगाएको खेतमा मुङखेती गरेर छोटो समयावधिमा लाभ लिन सकिनेछ । धनगढी उपमहानगरपालिकाले मुङखेती प्रवर्द्धन गर्ने नीतिअनुसार यस वर्ष पाँच वडाका किसानलाई मुङखेती गर्न बीउमा अनुदान उपलब्ध गराएको हो ।

उपमहानगरले गत वर्ष कृषि विकास निर्देशनालयबाट प्राप्त बीउ वडा नं ६, ९, १२, १७ र १८ का एक सय ९१ किसानलाई निःशुल्क उपलब्ध गराएको हो । गत वर्ष धनगढीमा किसानले ७५ बिघामा मुङखेती गरेको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताउनुभयो ।

गत वर्ष धनगढीका एक सय ९१ किसानले ७५ बिघामा मुङखेती गर्दा २० टन उत्पादन भएको उहाँको भनाइ छ । गत वर्ष निःशुल्क बीउ वितरण गरेको उपमहानगरले यस वर्ष ७५ प्रतिशत अनुदानका लागि पाँच सय ५० किलोग्राम बीउमात्रै किसानलाई बीउ वितरण गरिएको जनाइएको छ ।

उपमहानगरपालिकाभित्र यस वर्ष ३० बिघामा मुङखेती गरिएको छ । मुङखेतीमा राम्रो आम्दानी हुने भए पनि खेती गर्दा हरेक तीन–चार दिनको अन्तरमा कोसा टिप्नुपर्ने, समयसमयमा सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसानले रुचि नदेखाएको कृषि शाखा प्रमुख उपाध्यायले बताउनुभयो । गहुँ काटेपछि खाली रहेको जमिनमा मुङखेती गरेर किसानले लाभ लिने उपाध्यायले जनाउनुभयो ।

धनगढीका सबै वडामा मुङखेती गर्न सकिने भए पनि हरेक तीन–चार दिनमा कोसा टिप्नुपर्ने, सिँचाइ गर्नुपर्ने भएकाले झन्झटिलो मानेर किसान मुङखेतीतर्फ आकर्षण बढ्न नसकेको जनाइएको छ । गत वर्ष किसानले उत्पादन गरेको मुङ रु एक सय २० किलोग्रामका दरले बिक्री गरेको उपमहानगरपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार