असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना महामारीमा सत्ता टिकाउने खेलमा सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ । यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित उपाएको खोजिनेछ ।

सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति हुनुलाई मानिएको छ । त्यसैगरी सरकारका राम्रा काममा समेत अपनत्व ग्रहण गर्न नसक्नु, सरकारका निर्णय विवादित हुनु जस्ता कारणले पार्टीभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज उठिरहेको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले निर्णय गर्दा पार्टीमा समेत समन्वय गर्ने प्रतिबद्धता गरेपनि उनले त्यसलाई वेवास्था गरेपछि पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू ओलीको कार्यशैलीप्रति सहमत नभएको र उनको साथमा नरहेको समेत सचिवालय मार्फत जानकारी गराएका थिए ।

उपाध्यक्ष गौतमले ओली विरुद्ध शीर्ष नेताहरुले समयक्रममा बोल्ने समेत संकेत गरेपछि सरकार टिकाउनअसन्तुष्ट नेताहरुलाई समेट्ने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेदेखि मूख्यमन्त्रीहरु परिवर्तनगर्ने सम्मको योजना अघि सारेका छन् ।

स्थायी कमिटी बैठक फलामको च्युरा हुने अनुमान गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन लगायतका प्रस्ताव अघि सारेर सरकारलाई अझ मजबुतबनाउने कोसिस गरिरहेका छन् । स्थायी कमिटीका २० सदस्यहरुले यसअघि नै बैठक माग गरेका थिए । बैठक टार्दै आएका ओलीले अबको बैठक कसरी सामाना गर्न सकिन्छ भनेर आफू निकट नेताहरुसँग दिनदिनै छलफल गरेका छन् ।

पार्टी सचिवालय बैठकले असार १० गते स्थायी कमिटीको बैठक बोलाएको छ । विधानतःप्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक ६ महिनापछि बस्न लागेको छ । यसपटकको बैठक सरकारमा सहभागी नेताहरुका लागि पेचिलो बन्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका ‘किचेन क्याविनेट’ सदस्यहरू सक्रिय हुन थालेका छन् । अहिले पार्टीका स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ओली निकटका नेताहरु क्रियाशील भएका छन् ।

शुक्रबार साँझ ईश्वर पोखरेल, प्रदीप ज्ञावाली र युवराज खतिवडासँग छलफल गरेका ओलीले ५ नं प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलसँग पनि सम्पर्कमै रहेका छन् । ‘स्थायी कमिटी बैठकमा जटिल विषयहरु उठ्नेछन् जस्ले गर्दा सरकारलाई अप्ठ्यारोमा पर्ने संकेत बढ्दै गएको छ । पार्टीको विधि विधान र पद्धतिलाई बेवास्ता गरेर गरिएका सबै निर्णयहरुको विषयमा छलफल हुनेछ’, एक स्थायी कमिटी सदस्यले भने ।

उनका अनुसार पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे कार्यदल बनाएर निर्णय गर्न दिएको अधिकार समेत कुण्ठित हुन थालेको, सरकार पार्टीको समन्वय नभएको कतिपय सन्दर्भमा पार्टी हित विपरित काम भएको विषय स्थायी कमिटीमा छलफल हुनेछ । पार्टीभित्र विगतदेखि उठाउदै आएको एक पद एक जिम्मेवारीको विषयमा पनि यसपटक छलफल हुनेछ ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवै पास भइसकेको छ सरकारले सबैलाई समेटेर लैजानुपर्नेमा अहिलेसम्म त्यस्तो अवस्था देखिएन, सरकारमा रहेका मन्त्रीहरुले पार्टीलाई वेवास्था गरिरहेका छन्, पार्टी नेताहरुलाई गाली गलौज गर्नेहरु सरकारी तहबाट पुरस्कृत भैरहेका छन,पार्टीभित्र दुःख गरेका, योग्यता दक्षता भएको सक्षम नेताहरु पाखा लागेर बसिरहेका छन् उनीहरुलाई पार्टीको जिम्मेवारी र सरकारी जिम्मेवारी दुवैबाट बन्चित गर्न थालिएको छ यस्ता विषयहरु समेटिएर स्थायी कमिटीको बैठकमा उठाइनेछ’, ती स्थायी कमिटी सदस्यले भने ।

उनका अनुसार यसपल्टको बैठकमा प्रधानमन्त्री ओली र उनको टिमले गरेका कामबारे सबै हिसावकिता हुनेछ । तर प्रधानमन्त्री ओली पक्षका नेताहरु पनि सशक्त रुपमा तयारी गरिरहेका छन् । उनीहरुले नेपालको नक्सा परिवर्तन देखि अहिलेसम्म सरकारले गरेका कामको विषयमा फेहरिस्त निकाल्न सक्रिय रहेको स्रोतले जनाएको छ । ‘सरकारले काम गरिरहेको छैन भनेर भन्नेहरुलाई हामी पनि सरकारले गरेका कामको विषयमा जानकारी गराउदै छौ’,ओली पक्षका एक नेताले भने । यो खबर नागरिक दैनिक पत्रिकामा सोमबार प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार