श्रावण १२, २०८१ शनिबार July 27, 2024

सन् २०२३ मा फिलिपिन्सको निर्यात एक खर्ब अमेरिकी डलरभन्दा बढी

फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनिला। फिलिपिन्सको व्यापार तथा उद्योग विभाग (डीटीआई) का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात एक खर्ब तीन अर्ब अमेरिकी डलर पुगेकोे छ । यो सन् २०२२ को तुलनामा ४.८ प्रतिशत बढी हो ।

देशको केन्द्रीय बैङ्क बाङ्को सेन्ट्रल एनजी पिलिपिनास (बीएसपी) को तथ्याङ्क उद्धृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताउनुभयो ।

बढ्दो पर्यटन सञ्जाल र प्रबद्र्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिशेष रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बर भन्दा बढी अर्थात् ९.१ अर्ब डलर पुगेको छ ।

डीटीआईका अनुसार, निर्यात वृद्धिको अधिकांश भाग देशको सेवा निर्यातमा १७.४ प्रतिशतको उल्लेखनीय विस्तारबाट प्रेरित थियो भने पर्यटन सेवाहरूले २०२३ मा वृद्धिभउका सेवाहरू निर्यात प्राप्तिको लगभग ७० प्रतिशत योगदान पु¥याएको थियो । तथापि, वस्तु क्षेत्रको कमजोर बाह्य मागले आर्थिक वृद्धिमा निर्यातको समग्र योगदानलाई कमजोर बनायो ।

सन् २०२३ मा कुल निर्यातले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २७ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०२२ को तुलनामा इलेक्ट्रोनिक्समा ३.४ प्रतिशत अर्थात् ९५ करोड ५० लाख डलरको गिरावट आएको छ । “यो गिरावटले निर्यात राजस्व सङ्कलनको विविधीकरण र प्रमुख क्षेत्रहरूमा प्रतिस्पर्धात्मकता बढाउने महत्वलाई उजागर गर्दछ,” पास्कुएलले भन्नुभयो ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार