वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

एमाले सल्यानको अध्यक्षमा भीम बहादुर सेन निर्वाचित

अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कुल बहादुर गिरिलाई ४३ मतले पछि पार्दै सेन बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानको अध्यक्षमा भिम बहादुर सेन विजयी हुनु भएको छ । गत आइतबारदेखि सुरु भएको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानबाट १८२ मत प्राप्त गर्दै सेन जिल्ला कमिटी अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कुल बहादुर गिरिलाई ४३ मतले पछि पार्दै सेन निर्वाचित हुनु भएको हो । प्रतिस्पर्धी गिरीले १३९ मत प्राप्त गर्नु भएको छ ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ओज बहादुर बुढाथोकीले १९३ मत प्राप्त गरेर विजयी हुनु भएको छ । सचिवमा पुष्पा बोहराले १७३, उपसचिवमा गणेशमान सिंहले १८० र महिला उपसचिवमा सनशिलता वली डिसीले १७३ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

निकटतम् प्रतिस्पर्धी उपाध्यक्ष पदका उम्मेदवार दान बहादुर केसीले १२७, सचिव पदका उम्मेदवार दिपेन्द्र डिसीले १४३, उपसचिव गन्जमान बुढाले ११३ र महिला उपसचिव बुद्ध कुमारी खत्री केसीले १४१ मत प्राप्त गरेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्ला कमिटीका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध निर्वाचित हुनुभएको छ । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नुभएको थियो । जिल्ला निर्वाचन कार्यविधि अनुसार एमाले सल्यानको ७५ सदस्सीय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया