वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौँ : उपसभापति खड्का

पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको गुनासो गर्नुभयो ।

उहाँले विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टी पङ्क्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने तर चुनाव जितेपछि पार्टी बिर्सने गर्नु हुँदैन”, उहाँले भन्नुभयो ।

उपसभापति खड्काले निर्वाचित भइसकेपछि पार्टी, पार्टी पङ्क्ति र कार्यकर्तालाई भुल्ने परिपाटीको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

“निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ”, उहाँले भन्नुभयो, “यसले पार्टी सङ्गठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले निर्वाचनका बेला कांग्रेसको चुनाव चिन्ह बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । “स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गरेर छोड्छौँ”, उहाँले भन्नुभयो, “ती बाचाअनुसार भइरहेका कामबारे पार्टीका नेता तथा कार्यकर्ताहरूले जनताका बीचमा जानकारी गराउन आवश्यक छ ।”

उहाँले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गरिने बताउनुभयो । “महासमिति बैठकबाट प्राप्त सुझावलाई केन्द्रीय समितिको बैठकले पारित गरेपछि पुस्तकको रूप दिएर देशभरका पार्टी कार्यकर्ताको हातहातमा पुर्‍याउँछौँ”, उहाँले भन्नुभयो, “महासमिति बैठकको सुझावका आधारमा टोलदेखि केन्द्रसम्म सङ्गठन सुदृढीकरण र पार्टी पुनःनिर्माणको अभियान सुरु गर्छौं ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार