वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

मुलुकको स्थायित्वका लागि कांग्रेस-एमालेको गठबन्धन हुन जरुरी छ : शशांक कोइराला

कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा छलफल भइरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आफुले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताएका हुन् ।

उनले भने- ‘मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बिचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ ।’

यो सरकार धेरै दिन नचल्ने दाबि गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताएका छन् । उनले भने- ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमाले बिच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’

कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल समेत भइरहेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार