असार २९, २०८२ आइतबार July 13, 2025

बाँकेको कोहलपुर शिक्षा शाखामा तालाबन्दी

खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले लगाए ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, चैत २७ गते। बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी सङ्गठनले तालाबन्दी गरिएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै नगर शिक्षा शाखामा मंगलबार तालाबन्दी गरेका हुन्।

कोहलपुर नगरपालिका स्तरीय कक्षा ८ को नतिजामा अनियमितता गरिएको र विभिन्न प्रकारका आशङ्का उत्पन्न भएपछि छानबिनका लागि कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो।

समितिसमेत शङ्काको घेरामा रहेको भन्दै पुनः नयाँ समितिको माग गर्दै विद्यार्थी सङ्गठनले नगर शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन्।

यस पटक कोहलपुर नगरपालिकामा सिसी क्यामरा जडान गरी कक्षा ८ र कक्षा १० को परीक्षा गराइएको थियो। कोहलपुर नगर शिक्षा शाखाले चैत २३ गते कक्षा नतिजा सार्वजनिक गरेको थियो।

कक्षा ८ को परीक्षाको नतिजालाई लिएर विभिन्न प्रकारको विवाद उत्पन्न हुनुका साथै शिक्षा शाखामा तालाबन्दी गरिएपछि मंगलबार नै नगरपालिकाले सर्वदलीय/सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना पनि गर्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार