भाद्र ९, २०८३ मंगलबार August 25, 2026

एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान

.९५ जिपिए ल्याउने तीन जनालाई जनहीँ १० हजार र ३.९१ जिपिए ल्याउने ९ जनालाई जनहीँ पाँच हजारका दरले नगदसहित सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पथरी ।  एसइई परीक्षामा विराटनगरपछि जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएको पथरीशनिश्चरेको वाल्मिकी बोर्डिङले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार एक  कार्यक्रमको आयोजना गरी वाल्मिकीले एसइइमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो।

गत एसइइमा वाल्मिकीबाट ७० जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये दुई जनाले ४ जिपिए ल्याए। ४ जिपिए ल्याउनेमा आयुश्मा दाहाल र निश्चल न्यौपाने रहेका छन्। उनीहरूलाई विद्यालयले जनहीँ १ लाख नगदसहित सम्मान गरेको छ।

त्यस्तै, ३.९५ जिपिए ल्याउने तीन जनालाई जनहीँ १० हजार र ३.९१ जिपिए ल्याउने ९ जनालाई जनहीँ पाँच हजारका दरले नगदसहित सम्मान गरेको छ।

वाल्मिकीबाट सहभागी विद्यार्थीमध्ये अन्य ४४ जनाले पनि ३.६ जिपिए ल्याउँदै बाल्मिकीको नतिजालाई शतप्रतिशत बनाउन सफल भए। पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थिहरुले राउटे समुदायको साथै अन्य विविध नृत्यसहित सांगीतिक प्रस्तुति दिइएको थियो भने विद्यालयले शिक्षकहरूलाई सम्मान समेत गरेको थियो।

उत्कृष्ट विद्यार्थीलाई अवसरै अवसर

बोर्डिङको उक्त कार्यक्रममा बोल्दै वाल्मिकीका संस्थापक नोवलकिशोर खनालले एसइइमा ३.९१ भन्दा माथि जिपिए ल्याउने विद्यार्थिलाई नि:शुल्क शिक्षा दिने घोषणा गरे।

साथै उत्कृष्ट ७५ जनालाई पनि नि:शुल्क शिक्षा दिने घोषणा गरे। विद्यार्थिले उत्कृष्ट नतिजासहित पास हुन्छन् भने उनीहरूको हौसला बढाउन अन्य विविध पुरस्कार तथा सम्मानका कार्यक्रहरुसमेत थप्दै जानेसमेत उनले बताए। बाल्मिकीका ३ जनाले कक्षा ८ को गत परीक्षामा समेत ४ जिपिए ल्याएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री
२०८३ भाद्र ९, मंगलबार
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
२०८३ भाद्र ९, मंगलबार
चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन
२०८३ भाद्र ९, मंगलबार
नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा
२०८३ भाद्र ९, मंगलबार
यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ
२०८३ भाद्र ९, मंगलबार