वैशाख २४, २०८१ सोमबार May 6, 2024

विदेशी मुद्राको विनिमय दर सार्वजनिक: अमेरिकी डलरको भाउ स्थिर

अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ, चैत ३० । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ। यसअघि बिहिबार पनि सोहिमूल्यमा यसको कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार युरो एक रुपैयाँ ०९ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ। बिहिबार भने यसको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९१ पैसा तोकिएको थियो ।

आज बेलायती पाउन्ड २ रुपैयाँ ११ पैसाले घटेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६७ रुपैयाँ २८ पैसा तोकिएको छ। यसअघि बिहिबार पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा थियो।

त्यसैगरी शुक्रबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०४ पैसा कायम गरिएको छ। र शुक्रबार क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा कायम गरेको छ ।

यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ २७ र बिक्रीदर ४३३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार