कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मिथिलामा चैते छठ शुरु, आज खरना विधि गरिँदै

छठी मैयाँलाई अर्पण गरेको प्रसाद सहितका सामाग्रीहरू सर्वसाधारणलाई वितरण गरेर र व्रत बस्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा गृष्म कालमा मनाइने चैते छठ शुरु भएको छ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नहा खा गरेर शुरु भएको चैते छठ अन्तर्गत आज खरना विधि रहेको छ ।

चैत्र महिनाको छठ गर्ने व्रतीहरूले आज दिनभरि निराहार बसेर साँझको समयमा सख्खरको खीर, पुरी, सोहारी, केला सहितका परिकारहरू तयार पारेर घरको आँगन वा देउताको घरमा गाईको गोवरले लिपपोत गरेर तयार पारेको चाखो ठाउँमा छठी मैया आह्वान गरेर केलाको पातमा प्रसाद छठी मैलालाई अर्पण गर्ने चलन रहेको छ ।

छठी मैयाँलाई अर्पण गरेको प्रसाद सहितका सामाग्रीहरू सर्वसाधारणलाई वितरण गरेर र व्रत बस्ने ब्रतालुले आफै पनि नुन रहित खरना खाने चलन रहेको छ । आज खरना गरेका व्रतीहरूले षष्ठी तथा सप्तमी तिथिको बिहानको अर्घ सम्पन्न नभएसम्म जल पनि ग्रहण नगरेर व्रत बस्ने चलन रहेको छ ।

चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडा वर्तनको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भूषसा, उखु, नरिवल, अदुवा, बेसार, केला सहितका फलफूलहरू टपरी, डगरी, कुरुवार, ढकना सहितका वर्तनहरूमा राखेर छैटीमा राखेर घर नजदिकाको पोखरी, तलाउ, नदी, सरोवर सहितको ठाउँमा पुगेर अस्ताउन लागेको सूर्गलाई पहिलो अर्घ दिने कार्यक्रम रहेको छ ।

दोस्रो दिन अर्थात् पर्सी पुनः ती प्रसाद सामाग्रीहरूलाई नै सूर्यको उदाउँदो स्वरूपलाई एक एक गरेर अर्पण गरि छठसम्बन्धी कथा सुनेर पर्वको समापन गरिन्छ । शरद ऋतुको कार्तिकमा मनाइने छठ जस्तै गृष्म कालको ऋतु अर्थात् चैत्र महिनामा मनाइने छठ गर्ने चलन रहेको छ । गर्मी हुने भएकाले यस महिनामा छठ पर्व मनाउन निक्कै कठिन हुने गरेको छ । पानी पनि नखाने मान्यताका कारणले व्रतीहरूलाई उपवास गर्न कठिनाइ हुने गर्दछ ।

छठ पर्व गर्नाले परिवार जनमा शान्ति, समृद्धि, पुत्र प्राप्ति, पुत्रको दीर्घ जीवन चर्म रोग निको हुने वा नलाग्ने जनविश्वास रहेको छ । मिथिलामा वर्षको दुई पटक छठ पर्व मनाए पनि चैते छठ मनाउनेको सङ्ख्या कम रहने गरेको छ । तर विगत केही वर्ष यता चैते छठ गर्ने व्रतीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार