मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप टी–२० क्रिकेट: नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित

जुन ४ मा टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो ।

सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।

नेपालका कप्तान रोहित पौडेलले ५३ रनको अर्धशतकीय पारि खेल्दा आसिफ शेखले २४ रन बनाए । यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहोरा र ललितनारायण राजवंशीलाई विश्राम दिइएको थियो ।

नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भोलक्योजले २० ओभरमा २ सय ५ रन बनाएको थियो । उसका लागि डीलोन डगलासले ५६ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए ।

अब नेपाली टोली अमेरिका जानेछ । ह्युस्टनमा मे २२ र २३ मा २ अभ्यास खेलपछि टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि जुन ४ मा टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार