जेठ ११, २०८१ शुक्रबार May 24, 2024

सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढ्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले वृद्धि भई एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ निर्धारण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया