असार २९, २०८२ आइतबार July 13, 2025

शिक्षा समितिमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधारआदिबारे स्पष्ट हुनुपर्ने माग गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकमाथि संशोधन राख्ने सांसदहरुले बोल्नुभएको थियो । संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधारआदिबारे स्पष्ट हुनुपर्ने माग गर्नुभयो ।

सांसद प्रदीप पौडेलले डेढ दर्जनभन्दा बढी विश्वविद्यालय रहेको अवस्थामा नेपाल विश्वविद्यालय किन आवश्यक प¥यो भनी प्रश्न गर्नुभयो । अरू विश्वविद्यालयले भन्दा फरक अध्ययन गर्ने के विषय हुन् त्यो पुष्टि हुन नसकेको भन्दै उहाँले व्यावहारिक सीप र दक्षता हासिल गर्ने विश्वविद्यालय आवश्यक भएको बताउनुभयो । सांसद पौडेलले विश्वविद्यालयसम्बन्धी छाता ऐन बनाएर सोही मातहतमा सम्बन्धन दिने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

सांसद दामोदर पौडेल बैरागीले नेपालमा हाल १७ वटा विश्वविद्यालय रहेको र ती विश्वविद्यालयभन्दा फरक अध्ययन अध्यापन हुने विश्वविद्यालयका रुपमा यसलाई अगाडि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद प्रेम सुवालले नेपालमा धेरै सङ्ख्यामा विश्वविद्यालय रहेकाले अर्को विश्वविद्यालय किन आवश्यक प¥यो र यसको भौतिक पूर्वाधारको अवस्थाबारे पनि स्पष्ट पार्न माग गर्नुभयो । समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमाथि उठेका विषयमा पुनः छलफल गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धान, गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी शिक्षामार्फत दक्ष, सृजनशील तथा उद्यमशील मानवस्रोत उत्पादन गर्ने विधेयकको उद्देश्य रहेको छ । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो विधेयक सङ्घीय संसद्मा पेस गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार