जेठ ६, २०८१ आइतबार May 19, 2024

नेपाल प्रहरीका गुरुङ र अर्याल डीआइजीमा बढुवा

वरिष्ठ उपरीक्षकद्वय डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल भए सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह केनाईन उपसमूहतर्फका दुई जनालाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् ।

मन्त्रिपरिषद् बैठकले केहि दिनअघि मात्रै प्रहरी नायव महानिरीक्षक विशेष पद सिर्जना गरेको थियो । जसमा गुरुङ र अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया