वैशाख २०, २०८१ बिहिबार May 2, 2024

गाडीको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा । बाराको सिमरामा तेल ट्याङ्करले मोटरसाइकललाई  ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार हुनुहुन्छ । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गएराती  परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ स्थित नेपाल टेलिकम  नजिक राजमार्गमा  पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया