जेठ ९, २०८१ बुधबार May 22, 2024

नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ ।

सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई नयन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताएका छन् ।

सम्भव भए आज साँझ सम्म पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरिने बुझिएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान गर्नु परेकोले प्रहरीले सार्वजनिक गरेका छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार