वैशाख १८, २०८१ मंगलबार April 30, 2024

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

अभियोगपत्रमा उक्त रकम रबि लामिछानेको नाम ऋण खडा गरि २०७७ चैत एकमा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आई.एम.ई बैंक लि. को खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरि संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ ।

सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ । तर अभियोगपत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन । प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्याएर ऋण लिएको उल्लेख गरेको छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । न्यूजकारखानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार