मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीपरिषद् पुनर्गठन गरेकी छिन्।
लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठनको सिफारिस गरेका हुन्।
लोसपा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मी सरकारबाट बाहिरिए सँग मन्त्रीपरिषद् पुनर्गठन भएको हो।
कुर्मीले सरकार छाडेपछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफ्नो मातहतमा राखेका छन्।
यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया