श्रावण १२, २०८१ शनिबार July 27, 2024

सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण

हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारे लिए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुभएको छ ।

मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिनुभयो ।

सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादन विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राख्नुभएको थियो । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानुनी व्यवस्थाको बारेमा उहाँले चासो व्यक्त गर्नुभएको प्रबन्ध निर्देशक आशिष शर्माले बताउनुभयो ।

उहाँले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खरबुजालगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रुपमा प्रयोग बढाउन सुझाव दिनुभयो । चर्को प्रतिस्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको सभामुख घिमिरेले बताउनुभयो ।

शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई युरोप र अमेरिकालगायत विभिन्न ३५ मुलुकमा पु(याउन सफलता प्राप्त भएको बताउनुभएको छ । उद्योगले जर्मनी मेसिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरु उत्पादन गरिरहेको जानकारी दिँदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्ट्रेलिया र अमेरिकामा निर्यात भइरहेको उहाँको भनाइ छ ।

सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानीलगायतका ब्रान्डले कोकाकोलाजस्ता बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डसँग बजारमा प्रतिस्पर्धा गरिरहेको प्रबन्ध निर्देशक शर्माले सभामुख घिमिरेलाई अवगत गराउनुभयो ।

यसैगरी, सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमूना कृषि परियोजनाको अवलोकन गर्नुभयो । मेचीनगर(१४ मा १६ बिघा जग्गामा फैलिएको उक्त परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार